तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्रि खुला

२०८२ असार १६ गते

तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्रि खुला

काठमाडौं ।आज देखि (असार १६)  तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयरको बिक्रि खुला भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । यस हकप्रद सेयरमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । यो हकप्रदको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । तेह्रथुम पावरको  हकप्रद सेयरका लागि  जेठ ५ गते बुक क्लोज भएको थियो । यसकारण जेठ ४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । 

Advertisement:

Ad
Ad


यो हकप्रदमा  नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल काठमाडौं तथा नबिल बैंक र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस  कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ ।