सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

२०८० माघ २१ गते

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको ७९/८० को  मुनाफाबाट बोनस शेयर वितरण गर्ने भएको हो ।

Advertisement:

Ad
Ad

लाघुबित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्नेछ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजभन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिने लघुवित्तले बताएको छ।