सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार ?

२०८० चैत २६ गते

सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । आइतबार एकै दिन छापावाला सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै बढी थियो ।

तर सोमबार पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै बढी हो ।

Advertisement:

Ad
Ad

त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै सोमबार चाँदीको मूल्य पनि हालसम्मकै बढी मूल्य कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ ।