सुनको मूल्यमा चार सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

२०८१ जेठ १५ गते

सुनको मूल्यमा चार सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौँ  । मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिन लगातार बढेको हो ।

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।

सोमबार छापावाला एक लाख ३७ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ९२० रुपैयाँमा किनबेच भईरहेको छ । सोमबार चाँदी प्रतितोल एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।