सुनको मूल्यमा भारी गिरावट,कतिमा भइरहेको छ कारोबार ?

२०८१ वैशाख १९ गते

सुनको मूल्यमा भारी गिरावट,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज(बुधबार ) २७ सय रुपैयाँले घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement:

Ad
Ad

यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।