सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि

२०८० चैत २२ गते

सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक हजारले बढेर रु. एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

Advertisement:

Ad
Ad

तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु. ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु. एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु. एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।