सुनको भाउले बनायो रेकर्ड

२०८० फागुन २२ गते

सुनको भाउले बनायो रेकर्ड

काठमाडौँ । आज फाल्गुन २२ गते , सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार मात्रै सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Advertisement:

Ad
Ad

यसअघि सुनको भाउ प्रतितोला २२ हजार रुपैयाँसम्म पुगेको थियो । मंगलबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको महासँघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँ रहेको थियो ।