सुनको भाउ तोलामा १ हजार ५०० ले वृद्धि

२०८० फागुन २४ गते

सुनको भाउ तोलामा १ हजार ५०० ले वृद्धि

काठमाडौँ । सुनको भाउमा दिनहुँ जस्तो नयाँ रेकर्ड बनाइ रहेको छ। विगत केहि दिनदेखि सुनको भाउ लगातार बढेर दैनिक नयाँ उचाँइमा पुगिरहेको छ।

बिहीबार, फागुन २४ गते एकै दिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर हालसम्म्कै उच्च मूल्यमा पुगेको छ। छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जानाएको छ ।

Advertisement:

Ad
Ad

हिजो बुधबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो । आज पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। त्यसै गरी यस दिन चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ४७० रुपैयाँ पुगेको छ।