सुनको भाउ पुनः बढ्यो

२०८० पुस ०३ गते

सुनको भाउ पुनः बढ्यो

काठमाडौँ । लगातार घटेर दुई दिनदेखि स्थिर सुनको भाउ फेरि बढेको छ । आज मंगलबार सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदीको भाउमा भने केहि गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानेको छ । यसैगरी, तेजाबी सुन आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार र सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो र अस्ति  सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ कायम रहेको थियो । चाँदीको मूल्य भने मंगलबार सस्तिएको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।

Advertisement:

Ad
Ad