काठमाडौँ । आइतबार सुनको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। गत हप्ताको बिहीबार बनाएको रेकर्ड मुल्य भन्दा अझै बढेर आज फेरी नयाँ रेकर्ड बनाएको हो।
Advertisement:
आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य उच्च बिन्दुमा पुग्दा यस दिन चाँदीको मूल्य भने सामान्य बढेको छ। गत हप्ताको शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, आइतबार १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया