२०८० चैत ०५ गते
काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको आधारमा प्रहरीले आज उहाँलाई कपिलवस्तुबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता अतिरिक्त प्रहरी महानिरीक्षक भीम ढकालका अनुसार उहाँलाई कपिलवस्तुबाट पक्राउ गरी आजै काठमाडौँ ल्याइदैछ ।
जाँचबुझ आयोगको सिफारिसका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठह¥याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
महराका छोरा राहुल महरा विद्युतीय चुरोट भेप मार्फत सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
रासस
प्रतिक्रिया