२०८० चैत २५ गते
लुटेराहरूले आइतबार बिहान ११ बजे उक्त मनी ट्रान्सफरकाे पैसा लगिरहेकाे क्रममा बाटाेमा नै १५ लाख ५० हजार रूपैयाँ लुटेका हुन् । पुरुषोत्तम यादवले पैसा ग्लोबल बैंकबाट निकालेर मनी ट्रान्सफरमा लगिरहेका थिए । साेहि क्रममा यादवमाथि पेस्ताेल देखाउँदै भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन्।
प्रहरीले लुटेराहरू भारततर्फ भागेको हुन सक्ने अनुमान गरिएकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया