सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट,४६ लाख ११ हजारभन्दा बढी कित्ता लिलामीमा आउदैं

२०८० चैत ०२ गते

सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट,४६ लाख ११ हजारभन्दा बढी कित्ता लिलामीमा आउदैं

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७६ हजार २०० जना आवेदकहरूमा फागुन ३० गते ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो । हकप्रद बाँडफाँटमा नपरेको हकप्रद शेयर बापत्को रकम चैत २ गतेदेखि फिर्ता भुक्तानी गर्न सुरु गरिएको छ ।

यस अवधिमा विक्री हुन नसकेको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर भने कम्पनीले चैत १२ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । चैत २० गतेसम्म अवितरित हकप्रद शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।अवितरित हकप्रद शेयरको मुल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Advertisement:

Ad
Ad

कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि योग्य भएका थिए । अवितरित शतप्रतिशत हकप्रद विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ ।