सिंगटी हाइड्रोको ४६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

२०८० चैत १२ गते

सिंगटी हाइड्रोको ४६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले ४६ लाख कित्ता बढी सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थात् चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement:

Ad
Ad

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थानहरु भने मुक्तिनाथ क्यापिटलको प्राधान कार्यालय, नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुः ठिमी,भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा पोखरा, बागलुङ, बेनी, बुटवल, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर रहेको छ । यस्तै, सिन्धु विकास बैंक चरिकोट दोलखाबाट पनि फारम पाइने छ ।