शेयर बजारमा दोहोरो अंकको उछाल

२०८० चैत २५ गते

शेयर बजारमा दोहोरो अंकको उछाल

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको उछाल आएको छ । यस दिन नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.१३ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ११ उपसमूहका परिसूचक बढेका छन् भने अरु दुई उपसमूहक परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ५.९५ प्रतिशतले वृद्धि भएको छ । यसका साथै विकास बैंकको परिसूचकमा पनि राम्रो सुधार आएको छ जसको परिसूचक ३.१६ प्रतिशतले बढेको छ । यसै गरी आज दुई घट्ने उपसमुहमा होटल तथा पर्यटन र व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.०८ र ०.०४ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६४ हजार २२१ पटकको कारोबारमा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १९० वटा कम्पनी बढेका छन् भने ४८ वटा कम्पनी घटेका छन् । यसैगरी ७ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन नेपाल फाइनान्स, पोखरा फाइनान्स, ज्योति फाइनान्सको शेयर दश प्रतिशतले बढेका छन् । त्यसका साथै मानुषी लघुवित्तको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ । यस दिन सर्वाधिक घट्ने कम्पनीमा तारागाउँ रिजेन्सी होटेल रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा नेपाल एनआरआइसी कम्पनीको प्रमोटर शेयर रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनीको प्रमोटर शेयरनै रह्यो ।