सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते बाँडफाँट

२०८० फागुन २१ गते

सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते बाँडफाँट

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ यसै शुक्रबार (फागुन २५ गते) हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे शेयर वितरण हुने छ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

Advertisement:

Ad
Ad

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।