सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट

२०८० फागुन २५ गते

सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ आज शुक्रबार (फागुन २५ गते) भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे शेयर वितरण भएको हो ।

Advertisement:

Ad
Ad

फागुन १३ गतेदेखि १६ गतेसम्म कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गरेका छन् । जस मध्य २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।