सरकारको निर्णय- सीआइबी प्रमुखमा किरणलाई हटाएर श्याम ज्ञवालीलाई जिम्मेवारी दिइयो

२०८० चैत ०२ गते

सरकारको निर्णय- सीआइबी प्रमुखमा किरणलाई हटाएर श्याम ज्ञवालीलाई जिम्मेवारी दिइयो

काठमाडौँ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको प्रमुखमा एआइजी श्यामलाल ज्ञवालीलाई सरुवा गरिएको छ ।शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किरण बज्राचार्यलाई सरुवा गर्दै ज्ञवालीलाई जिम्मा दिएको हो।

बैठकपछि सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन् ।

Advertisement:

Ad
Ad

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सुन तस्करीका दोषीलाई उम्काउन बज्राचार्यको कमजोरी रहेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो ।