साहस उर्जाले ३४१ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने

२०८० माघ ०२ गते

साहस उर्जाले ३४१ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने

काठमाडौं । साहस उर्जा लिमिटेडले गोर्खा जिल्ला स्थित ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण तथा संचालन गर्ने भएको छ । सहस उर्जाले आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रा. लि. लाई प्राप्ति गर्ने भएको हो । प्राप्ति गर्ने भएसँगै अब उक्त आयोजनाको निर्माण तथा सञ्चालन साहस उर्जाले गर्ने भएको हो ।

आइतबार बसेको सञ्चालक समिति बैठकले टाइम्सलाई एक्वायर गर्ने निर्णय गरेको थियो । एक्विजिसनका लागि दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भइसकेको छ

Advertisement:

Ad
Ad

धार्चे गाउँपालिकाको वडा नं १, ३ र चुम्नुवरी गाउँपालिकाको वडा नं ३ मा समेटिएको यस आयोजना अर्ध-जलाशययुक्त आयोजना हो । यस आयोजनाको अनुमानित लागत ३५ अर्ब रहेको छ जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत एक्विटीबाट लगानी गरिने छ । आयोजनाबाट वार्षिक औसत १ हजार ८३६ गिगावाट  घण्टा उत्पादन हुने अपेक्षा गरिएको छ ।

साहस उर्जाले यसअघि सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट निर्माण सम्पन्न गरेको थियो । जुन, आयोजनाबाट गत वर्षको माघ महिनादेखि व्यवसायिक बिजुली उत्पादन हुँदै आएको छ ।