सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्थालाई सरकारले गर्यो सम्मान (सूचीसहित)

२०८० मंसिर ०७ गते

सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्थालाई सरकारले गर्यो सम्मान (सूचीसहित)

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी गर्ने तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनीहरुलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित राष्ट्रिय कर सप्ताहको समापन समारोहमा आज आन्तरिक राजस्व विभागले बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेको हो । विभिन्न १६ विधामा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको हो ।

Advertisement:

Ad
Ad

हेर्नुस विभिन्न १६ विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने करदाता -

सबैभन्दा बढी आयकर दाखिला गर्ने- नेपाल टेलिकम

निर्यात कारोबार मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - डाबर नेपाल

विशेष उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - एशियन पेन्ट्स

कृषि एवम् पशुजन्य उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने -ओबिसी फुड्स एण्ड फिड्स

सहकारी तथा लघुवित्त मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी कर दाखिला गर्ने - ग्लोबल आईएमई बैंक

बीमा व्यवसाय मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - लाइफ इन्स्योरेन्स कर्पोरेशन

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - नोबेल मेडिकल कलेज

पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - मनकामना दर्शन

वस्तु व्यापारको कारोबार मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने-भाटभेटेनी सुपर मार्केट

मध्यम स्तरीय करदाता मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - नेपाल स्टक एक्सचेन्ज नेप्से

उर्जा उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने - भोटेकोशी पावर कम्पनी

रेमिटेन्स तथा मणि ट्रान्सफर तर्फ सबैभन्दा बढी कर दाखिला गर्ने - आईएमई लिमिटेड

व्यक्तिगत आयमा सबैभन्दा बढी कर दाखिला गर्ने - विजय कुमार शाह

सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने - सुर्य नेपाल प्राली

वि.सं. २०७५ श्रावण देखि २०८० आषाढम सान्तसम्मको कर अवधीमा मु.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये आ.व.२०७९/८० मा सबैभन्दा बढी मु. अ.कर दाखिला गर्ने -सुर्य नेपाल प्राली