साउदीले गर्यो ६ जना नेपाली कामदारको भिषा रद्द, अध्यागमन कानुन उल्लंघन गरेको आरोप

२०८१ मंसिर २७ गते

साउदीले गर्यो ६ जना नेपाली कामदारको भिषा रद्द, अध्यागमन कानुन उल्लंघन गरेको आरोप

काठमाडौं । साउदी अरबियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ६ जना नेपालीको कामदार भिषा रद्द गरेको छ। शेरबहादुर थापा क्षेत्री, अखिल चौधरी, अमर थापा, हरिबहादुर भाग्री, विनोद मुक्तान, रुपेश साह कानुलाई त्यहाँको अध्यागमनले भिषा रद्द गरी निष्काशित गरेको हो।

त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेपछि पक्राउ गरी उनीहरूलाई नेपाल फिर्ता पठाएको स्रोतले जनाएको छ। तर, उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्नेबारे खुलेको छैन। उनीहरू श्रमस्वीकृति लिएर त्यहाँ काम गर्न गएका थिए। तर, त्यहाँको अध्यागमनले कामदार भीसा रद्द गरी नेपाल फर्काएको जनाएको छ।

Advertisement:

Ad
Ad

यसैगरी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै कतारले पनि दुईजना नेपालीलाई निष्काशित गरेको छ। भीमबहादुर दोङ र रविकुमार श्रेष्ठलाई त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै नेपाल फिर्ता पठाएको हो।

स्रोतका अनुसार उनीहरू कतार एयरबाट मंगलबार काठमाडौं आएका हुन्। पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएका नेपाली त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित हुँदै आएका छन्।