शाओमीको इन्ट्री लेभल 'रेड्मी ए थ्रि' स्मार्टफोन नेपालमा

२०८० फागुन २७ गते

शाओमीको इन्ट्री लेभल 'रेड्मी ए थ्रि' स्मार्टफोन नेपालमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा सहित संचालित छ ।

१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सीमा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन्।

Advertisement:

Ad
Ad

रेड्मी ए थ्रिको ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० ८ ७२० पिक्सेलको रिजोल्युसनले  हरेक तस्विरलाई आकर्षक बनाउँछ । हरेक फोटो र भिडियोमा भाइब्रेन्ट रङहरू र सार्प क्लारिटीको साथ रेड्मी ए थ्रिले एक अनुपम अनुभव प्रदान गर्नेछ ।त्यस्तै ण्यसमा भएको मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ ।

४ जिबी ¥याम (४ जिबी विस्तारित  र १२८ जिबी स्टोरेजको  १ टीबी सम्म बडाउन सकिने)को साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्नेछन्। रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गोभर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाद दिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र ३ वर्षको सेकुरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।