रोकिएको काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन सुरु

२०८० माघ १० गते

रोकिएको काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन सुरु

काठमाडौँ । काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन फेरि सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको उक्त आयोजनाले आज अर्थात् माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।

कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरूको बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना गत जेठ ३२ गतेदेखि पूर्व नेपालमा आएको अविरल वर्षा र बाढीका कारण विभिन्न संरचनाहरूमा क्षति भएको थियो । त्यसपश्चात् आयोजनाको विद्युत् उत्पादन बन्द भएको थियो ।

Advertisement:

Ad
Ad

हाल कम्पनीले उक्त क्षति भएको संरचना मर्मत तथा सम्भार गरी पुनः सञ्चालनमा ल्याएको हो । करिब आठ महिनापछि कम्पनीले विद्युत् उत्पादन सुरु गरेको हो ।