पूर्वगृहमन्त्री खाणले अदालतलाई बुझाए ३० लाख रुपैयाँ धरौटी

२०८० मंसिर २९ गते

पूर्वगृहमन्त्री खाणले अदालतलाई बुझाए ३० लाख रुपैयाँ धरौटी

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले जिल्ला अदालत, काठमाडौंमा धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएका छन् ।  खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे थियाे ।

शुक्रबार खाँण धरौटी रकम जम्मा गर्न अदालत पुगेर धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी हिरासतमै रहने छन् । खाँण अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुनुपर्नेछ । विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोडेको खण्डमा भने मात्र उनलाई रिहा गरिनेछ ।

Advertisement:

Ad
Ad