प्रसाईं समूहको आजदेखि तीनकुने केन्द्रित भएर आन्दोलन गर्ने तयारी

२०८० मंसिर ०८ गते

प्रसाईं समूहको आजदेखि तीनकुने केन्द्रित भएर आन्दोलन गर्ने तयारी

काठमाडौँ ।बिहीवारदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित भएर आन्दोलन गर्ने प्रसाईंले बताए ।

जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका थिए । आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने उनको घोषणा छ। ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन,’ उनले भनेका थिए, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह शुरू हुनेछ ।

Advertisement:

Ad
Ad

बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।