प्रचण्डले गरे सिंहदरबारबाट मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजना अनुगमन

२०८० पुस ०२ गते

प्रचण्डले गरे सिंहदरबारबाट मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजना अनुगमन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजनाको प्रगति अनुगमन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको उपस्थितिमा प्रचण्डले आयोजना प्रमुखबाट प्रगति विवरण माग गरेका हुन् ।

Advertisement:

Ad
Ad

 

२०७५ चैत ८ गते शिलान्यास भएको बुटवल–नारायणगढ सडकको प्रगति ५० प्रतिशतभन्दा कम छ । असोज महिनासम्म यसको प्रगति ४१ प्रतिशत थियो ।

२०७८ भदौ १२ गतेदेखि काम शुरू भएको मुग्लिन–पोखरा सडकको प्रगति पनि निराशाजनक रहेको छ । दुवै सडकको ठेक्का चिनियाँ ठेकेदारले पाएका छन् ।