प्रचण्ड लक्षित रमेश लेखकको कटाक्ष-तपाईंबाट धोका पाएका जम्मै एक ठाउँमा उभिए कहाँ पुग्नुहोला ?

२०८० फागुन २४ गते

प्रचण्ड लक्षित रमेश लेखकको कटाक्ष-तपाईंबाट धोका पाएका जम्मै एक ठाउँमा उभिए कहाँ पुग्नुहोला ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका पाएकाहरू एक ठाउँमा उभिए आफू कहाँ पुग्छु भन्ने हेक्का राख्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहाल कांग्रेसको आन्तरिक राजनीतिमा प्रवेश गरेर त्यही कारण देखाएर गठबन्धन तोडेकोमा कटाक्ष गरेका थिए।

Advertisement:

Ad
Ad

‘एमालेले एउटा दस्ताबेजमा लेखेको रहेछ गएका छ वर्षमा हामीमाथि पटक पटक धोका भएको छ। यसलाई कसरी लिनुहुन्छरु पार्टीहरूले लेख्दा रहेछन् नि दस्ताबेजमा,’ लेखकले भने, ‘म त के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन। तर एकचोटि सोच्नु यी जम्मै धोका पाएका एक दिन, एक ठाउँ उभिए भने तपाईं कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला।’