२०८० फागुन १७ गते
गोरखा । भिमसेनथापा गाउँ पालिकाको कार्यालय खाञ्चोक गोरखाले सामाजिक सुरक्षा परिचयपत्र नविकरण गराउन सार्वजनिक सूचनामार्फत अपिल गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका जेष्ठ नागरिक,एकल महिला,अशक्त अपांग, लोपोन्मुख जाती,बालबालिकाहरुले २०८० सालको १ गतेदेखि भाद्र मसान्तसम्म आफ्नो स्थायी ठेगाना रहेको वडामा लाभग्राही स्वयंम् वा संरक्षक उपस्थित भई परिचयपत्र नविकरण गराउन सूचनामा भनिएको छ ।
गाउँपालिकाले तोकिएको समयमा परिचयपत्र नविकरण नगराएमा सामाजिक सुरक्षा भत्ता नपाउने समेत उल्लेख गरेको छ ।
प्रतिक्रिया