नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम तिन अर्बभन्दा कम

२०८१ वैशाख ०३ गते

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम तिन अर्बभन्दा कम

काठमाडौँ ।  २०८१ सालको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.८३ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.६४ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१४ स्टकको ५० हजार पाँच सय २४ पटकको कारोबारमा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बराबरको ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ५२ वटा कम्पनी बढेका छन् भने १८४ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । सोमबार सर्वाधिक बढ्ने कम्पनीमा ८.५% माच्छापुछ्रे डिबेन्चर रह्यो जसको शेयर ७.०९ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने कम्पनीमा गुराँस लघुवित्त र डोल्टी पावर कम्पनी रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा ङ्गदि ग्रुप पावर रह्यो जसको १७ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि ङ्गदि ग्रुप पावर नै रह्यो जसको ५ लाख २७ हजार ९ सय २६ कित्ता शेयर किनबेच भएको छ ।