२०८० चैत ०६ गते
काठमाडौँ । मंगलबार शेयर बजारमा एकल अंकलको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३० प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसमूहको परिसूचक बढेका छन् भने अरु दश उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.१० प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने उपसमुहमा प्रशोधन तथा उत्पादन रह्यो जसको परिसूचक १.३८ प्रतिशतले घटेको छ ।
बजारमा आज ३.६३ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १०४ वटा कम्पनी बढेका छन् भने १२८ वटा कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सर्वोत्तम सिमेन्ट र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी रह्यो जसको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यसका साथै धौलागिरी लाघुबित्तमा पनि सकारात्मक सर्किट लागेको छ । मंगलबार सर्वाधिक घट्ने कम्पनीमा सिद्धार्थ इन्वेस्टमेन्ट ग्रोथ इस्किम-२ रह्यो जसको शेयरमा ७.०८ प्रतिशतको गिरावट आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा लक्ष्मी इक्विटी फन्ड रह्यो ।
प्रतिक्रिया