नेपाल पुनर्बिमा कम्पनीको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक-४७ करोड ५६ लाख घाटामा

२०८१ जेठ ०९ गते

नेपाल पुनर्बिमा कम्पनीको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक-४७ करोड ५६ लाख घाटामा

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) ले ७ महिना बितेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले आव २०८०/८१ को पहिलो त्रैमासमा ४७ करोड ५६ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ प्रिमियम आम्दानी गरेको छ यस्तै १ अर्ब ५७ करोड ४ लाख रुपैयाँ प्रिमियम तिरेको छ ।

Advertisement:

Ad
Ad

कम्पनी घाटामा जाँदा प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँले ऋणात्मक छ । यस्तै प्रतिसेयर नेटवर्थ भने १३९.१४ रुपैयाँ रहेको छ ।