नेपाल डेरी एसोसिएसनले माघ ७ गते २५औं रजतजयन्ती भव्यताका साथ मनाउने

२०८० माघ ०२ गते

नेपाल डेरी एसोसिएसनले माघ ७ गते २५औं रजतजयन्ती भव्यताका साथ मनाउने

काठमाडौँ । नेपाली दुग्ध डेरीहरुको छाता संगठन नेपाल डेरी एसोसिएसनले स्थापना दिवसको २५औं रजतजयन्ती भव्यताका साथ मनाउने भएको छ । एसोसियसनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत माघ ७ गते एसोसियसन गठन भएको २५ वर्ष पुरा भएको अवसरमा वार्षिक साधारणसभा गर्दै देशव्यापी विविध कार्यक्रम गर्ने जानकारी गराएको हो ।

एसोसिएसनले रजत जयन्तीको अवसरमा बालआश्रम,ज्येष्ठ नागरिक आश्रम,विद्यालय,अस्पताल आदिमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गर्नुका साथै क्षेत्रीय,जिल्ला र प्रोदेशिक स्तरमा स्वच्छ दूध उत्पादन तथा उपभोग सम्वन्धि जनचेतना कार्यक्रम,छलफल,गोष्ठी र अन्तरक्रियाहरु गर्ने छ ।

Advertisement:

Ad
Ad

२०५५ सालमा स्थापना भएको नेपाल डेरी एसोसिएसनमा दुग्ध क्षेत्रमा संलग्न साना तथा मझौला एवं घरेलु डेरी उद्योगहरुका गरी कूल २७५ सदस्यहरु रहेका छन् । एसोसिएसनको प्रमुख उद्देश्य दुग्ध प्रशोधन व्यवसायीहरुको सामुहिक व्यवसायिक हक,हित,सुरक्षा र उन्नतकिा लागि पैरवी गर्नु रहेको छ । एसोसिएसनले उद्योगीहरुका सुझाव,समस्या,गुनासाहरुमाथि छलफल गरी सम्वन्धित निकायमा पुर्याउने समन्वयकारी भूमिका खेल्दै आएको छ ।

एसोसियसनमा प्रल्हाद दाहाल हाल अध्यक्षका रुपमा रहेका छन् ।

[video width="640" height="640" mp4="https://demo.banijyapost.com/wp-content/uploads/2024/01/ff67f2e3-0a5d-49a2-a002-f9c0dfa731cf-1.mp4"][/video]