नौ वाणिज्य बैंक र तीन विकास बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

२०८० मंसिर ०५ गते

नौ वाणिज्य बैंक र तीन विकास बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

काठमाडौँ । नौ वाणिज्य बैंक र तीन विकास बैंकसहित १२ वटा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने तीन विकास बैंकमा मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । यी बैंकले क्रमश १० प्रतिशत, ५.२६३ प्रतिशत र ११.०५ प्रतिशत लाभांश घोषणा गरेका छन ।

Advertisement:

Ad
Ad

यता, लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा नेपाल एसबीआई बैंक, ग्लोबल आइइएमई बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन । यी बैंकमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभा समेत सम्पन्न गरि लाभांश पारित समेत गरिसकेका छन् ।

उच्च लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक

कुल २० वाणिज्य बैंकहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका नौ बैंकहरूमध्ये उच्च लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक बनेको छ । बैंकले अधिकतम ३०.५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश, एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

यता, सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत, माछापुच्छेले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत नेपाल एसबीआई बैंकले ३.७५ प्रतिशत बोनस र ६.८ प्रतिशत नगदसहित १०.५५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

१० वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर सेयर जारी नगरेका कारण अब १० वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।

कुल १६ विकास बैंकमध्ये १३ विकास बैंकले पनि लाभांश घोषणा गरेका छैनन् ।