मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता शेयरको लक इन अवधि आजबाट समाप्त हुदै

२०८१ जेठ १८ गते

मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता शेयरको लक इन अवधि आजबाट समाप्त हुदै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको लकइन अवधि आज सकिँदैछ ।

कम्पनीको सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिने भएको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले आईपीओमार्फत निष्कासन गरेको सेयर गत मंसिर १९ गते बाँडफाँट गरेको थियो । लकइन अवधि सकिएसँगै अब भोलिदेखि ती शेयरहरु कारोबारका लागि योग्य हुनेछ ।