२०८० फागुन २९ गते
काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले तीन लाख बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। विद्यमान संंस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो ।
यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय धरान, सुनसरीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया