मेहेन्दीमा रमाउँदै पूर्व मिसनेपाल श्रृङ्खला र सम्भव

२०८० मंसिर २६ गते

मेहेन्दीमा रमाउँदै पूर्व मिसनेपाल श्रृङ्खला र सम्भव

काठमाडौँ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको बिहीवार विवाह हुँदैछ । यतिखेर दुवै परिवार नजिकिएको विवाहको तयारीमा जोडतोडको साथ लागिरहेका छन् । श्रृङ्खला र व्यवसायी संभव सिरोहियाको आजै मेहेन्दी कार्यक्रम चलिरहेको छ ।

श्रृङ्खलाको मेहेन्दी हायात होटलमा चलिरहेको बताइएको छ । उनको यो खुशीमा साथ दिन पूर्व मिस नेपालहरुको उपस्थिति बाक्लो देखिन्छ । बिहेको माहोलमा रमाइरहेका श्रृङ्खला र संभवले रिसेप्सनको पार्टी भने बिहे गरेर पुष १ गते दिदैछन् ।

Advertisement:

Ad
Ad

केही बर्ष प्रेम सम्बन्धमा रहेपछि संभव र श्रृङ्खलाले बिहेको निर्णय लिएका हुन् । उनीहरूले केही महिना अगाडि मात्र आफूहरूको सम्बन्धलाई खुलाएका थिए ।