२०८१ चैत १२ गते
काठमाडौँ । सरकारले कुलमान घिसिङलाई गरेको बर्खास्तगीको विरोधमा सरकारमै रहेको दल कांग्रेसका नेता शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् । उनले सरकारको कदम कुशासनको निरन्तरताको अर्को कडी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा कोइरालाले लेखेका छन्, 'कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने, विनाशकाले विपरित वुद्धि ।'

प्रतिक्रिया