झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

२०८१ वैशाख ०२ गते

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौँ ।  २०८१ सालको पहिलो कारोबार दिन शेयर बजार एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.११ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ४ उपसमूहका परिसूचक बढेका छन् भने अन्य ९ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा ननलाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक १.०३ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १२७ वटा कम्पनी बढेका छन् भने १०८ वटा कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्ने कम्पनीमा सृजनसिल लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्ने कम्पनीमा भने गुराँस लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सानिमा माई हाइड्रोपावर रह्यो जसको २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सानिमा माई हाइड्रोपावरनै रह्यो जसको ६ लाख ४० हजार ८ सय ७० कित्ता शेयर किनबेच भएको छ ।