झिनो अंकले घट्यो नेप्से

२०८० फागुन ३० गते

झिनो अंकले घट्यो नेप्से

काठमाडौँ केहि दिन देखि लगातार बढेको शेयर बजारमा बुधबार भने एकल अंकलको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.११ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ६ वटा उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.३५ प्रतिशतले बढेको छ । त्यसै गरि सर्वाधिक घट्ने उपसमूहमा होटल र पर्यटन रह्यो जसको परिसूचक १.१४ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजार घटेसँगै कारोबार रकम पनि घटेर आज ४.२८ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ९४ वटा कम्पनी बढेका छन् भने १३३ वटा  कम्पनी घटेका छन् । यसैगरी १६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार सर्वाधिक घट्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा भने अप्पर तामाकोशी हाइड्रोपावर रह्यो ।