झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

२०८० चैत ०५ गते

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौँ  साताको दोस्रो करोबार दिन शेयर बजार झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१५ प्रतिशतले बढ्न पुगेको हो ।

Advertisement:

Ad
Ad

आज नेप्सेमा १३ उपसमूहमध्य ९ वटा उपसमूहको परिसूचक बढेका छन् भने ४ वटा उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक १.३० प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने उपसमुहमा उत्पादन तथा प्रशोधन रह्यो जसको परिसूचक ०.८२ प्रतिशतले घटेको छ ।

बजारमा आज कारोबार रकम घटेर जम्मा २.८८ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १४८ वटा कम्पनी बढेका छन् भने ८५ वटा  कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सप्तकोशी विकास बैंक, गुर्खाज फाइनान्स, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त रह्यो जसको शेयरमा १० प्रतिशतको  उछाल आएको छ । सोमबार सर्वाधिक घट्ने कम्पनीमा वेअन नेपालमानुषी लघुवित्त रह्यो जसको शेयरमा ५.१५ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर रह्यो ।