२०८० चैत ०९ गते
काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडले चैत २९ गते दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले अघिल्ला दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ । स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र सञ्चालक समितिको बैठकभत्ता निर्धारणको विषय पनि सभाका लागि तय गरेको छ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १५ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया