२०८० चैत ०५ गते
काठमाडौं । सर्वोच्च अदालत अगाडिबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसाईंका बडीगार्ड दीपक खड्का र उनीसँग रहेका राजकुमार धिमाल रहेका छन् ।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।
उक्त विषयमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया