घाटबेँसी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

२०८० फागुन २३ गते

घाटबेँसी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

धादिङ। धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । लुम्बिनीको पेडेरियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको  यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा एक महिलासहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

Advertisement:

Ad
Ad

दुर्घटनामा ३९ जना घाइते भएका छन् । घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी ६५ जनाभन्दा धेरै प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने वर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।