गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्बिरोध चयन

२०८२ वैशाख २६ गते

गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्बिरोध चयन

काठमाडौँ । गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्बिरोध चयन भएका छन् । बुधबारबाट सुरु भएका निर्वाचन प्रक्रिया अनुसार भएको मनोनयनमा अध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि उनी सर्वसम्वत चयन भएका हुन् ।

वैशाख २७ गते हुने ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनले चेम्बरको जिल्ला कार्यसमिति चयन गर्नेछन् । कार्यसमितिको अध्यक्ष र २३ सदस्य पदमा २५ जनाले उम्मेदवारी दिएका छन् । ज्ञानु अधिकारी अर्याल, सूर्यमायाँ श्रेष्ठ, अञ्जन खत्री, अरबिन्द कुमार गुप्ता, सन्दिप प्रसा रौनियार, ज्ञानेन्द्र श्रेष्ठ, भाइकाजी आले, विष्णुबहादुर राना मगर, विशाल रानामगर र बिनोदबाबु अर्यालले सदस्यमा उम्मेदवारी दिएका छन् ।

Advertisement:

Ad
Ad

यसैगरी कृष्ण ढकाल, सुजन गर्तौला, नोख बहादुर बोगटी, सीता श्रेष्ठ, अशोकबाबु राना मगर, सुमेन्द्र श्रेष्ठ, रमेश थापा, सुरेन्द्र बस्नेत, शिशुबाबु प्रधान, गोकर्ण बहादुर राना मगर, सुस्मिता घले, कृष्णप्रसाद लामिछाने, गणेशबाबु श्रेष्ठ र ज्ञानहरि अर्यालले पनि सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

उनीहरु मध्येबाट अन्य पदाधिकारी चयन गर्ने गोरखा चेम्बर कमर्सले जनाएको छ । अन्य पदाधिकारीका पदमा पनि सर्वसहमतिको प्रयास भइरहेको चेम्बरले जनाएको छ ।