एक वाणिज्य सहित तीन कम्पनीको साधारण सभा बुधवार

२०८० फागुन २९ गते

एक वाणिज्य सहित तीन कम्पनीको साधारण सभा बुधवार

काठमाडौं । फागुन महिनाको अन्तिम दिन तीन कम्पनीले वार्षिक साधारण सभा गर्न लागेका छन् । कृषि विकास बैंक , सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेशनल हाइड्रोपावरले फागुन ३० गते वार्षिक साधारण सभा गर्न लागेका हुन ।

कृषि विकास बैंकले कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा , बोडे भक्तपुरमा , सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिसरा रिसेप्सन, भगवती बहाल, काठमाडौं र नेशनल हाइड्रोपावरले डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङ्क्वेट,काठमाडौंमा विहान ११ बजे सभा बोलाएका हुन् ।

Advertisement:

Ad
Ad

यी तीन कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछन् । तीन मध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स वाहेक दुई कम्पनीले लाभांश प्रस्ताव गरेका छैनन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने यस वर्ष ११ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्न लागेको छ । दुई सञ्चालक निर्वाचनको प्रस्ताव पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि सिद्धार्थ प्रिमियरले फागुन ११ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

त्यस्तै नेशनल हाइड्रोपावरले मङ्सिर ७ गते र कृषि विकास बैंकले फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कृषि विकास बैंकको फागुन १६ गतेसम्म कायक शेयरधनी र नेशनल हाइड्रोको मङ्सिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।