दुई कम्पनीको संस्थापक शेयर सर्वधारणले खरीद गर्न पाउने अवसर

२०८० चैत १८ गते

दुई कम्पनीको संस्थापक शेयर सर्वधारणले खरीद गर्न पाउने अवसर

काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर चैत १८ गतेदेखि विक्रीमा आएको छ । प्रभु बैंकको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

प्रभु बैंकको शेयरमूल्य प्रतिकित्ता ११० रूपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ३५० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तदेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

Advertisement:

Ad
Ad

आवेदन बैशाख १६ गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बैशाख १८ गते विहान ११ बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।