चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

२०८० कात्तिक १० गते

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

एजेन्सी। चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन भएको छ। चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन्।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ।

Advertisement:

Ad
Ad

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।