बुधवार मध्यराति काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुश,मकवानपुरको चित्लाङ केन्द्रबिन्दु

२०८० मंसिर ०७ गते

बुधवार मध्यराति काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुश,मकवानपुरको चित्लाङ केन्द्रबिन्दु

काठमाडौं । ​ काठमाडौं उपत्यका आसपासमा बुधवार मध्यराति भूकम्पको ठूलो धक्का महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा समेत महसुश गरिएको सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेका छन् । भूकम्पका कारण निन्द्राबाट बिउँझिएका सर्वसाधारणले शक्तिशाली धक्का महसुश गरिएको सामाजिक सञ्जालमा लेखेका छन् । ​

Advertisement:

Ad
Ad

पछिल्लो पटक कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर मानवीय क्षती हुनेगरी शक्तिशाली भूकम्प गएको थियो ।