भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितका लागि एक करोड ११ लाख सहयोग गर्ने

२०८० कात्तिक १९ गते

भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितका लागि एक करोड ११ लाख सहयोग गर्ने

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने भएको छ।

भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक एवम् सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको सहायताका लागि उक्त रकम प्रदान गर्ने जानकारी दिए।

Advertisement:

Ad
Ad

कम्पनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरोलगायतका विपत्तिमा मानवीय सहायता प्रदान गर्दै आएको छ। सञ्चालक गुरुङले पश्चिम नेपालका नेपाली दाजुभाइले भोग्नुपरेको विपत्तिमा सम्पूर्ण देशवासीले साथ दिनुपर्ने पनि बताए।