बारामा प्रहरीको गोली लागेर एकको मृत्यु

२०८० मंसिर २७ गते

बारामा प्रहरीको गोली लागेर एकको मृत्यु

बारा ।  बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने वा हाजिर नगराउने भन्ने विषयमा दुई पक्षबीच झडप  भएकाे थियाे। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

Advertisement:

Ad
Ad

प्रहरीको गोली लागेर २५ वर्षका लक्ष्मी मुखिया घाइते भएकी थिइन् । उपचारको क्रममा मुखियाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।